Aamsanchar

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author Image
आइतवार, मंसिर १२, २०७३

उर्लाबारी ।

accident-sketch

मोरङको कोसीहरैँचामा बसको ठक्करबाट गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम नगरपालिका–८ का २४ वर्षीय महेश विक रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

कोसीहरैँचा–१ स्थित केराबारी–खोसार्ने सडकखण्डमा को१ख १४३६ नंको बसले को२७प ३७७२ नंको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका विकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका ठूलोबुबा सोही ठाउँका ६० वर्षीय गोविन्द विक गम्भीर घाइते भएका छन् । उनकोे विरानगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर