Aamsanchar

प्रकोप व्यवस्थापनका रेडक्रसको सहयोग

Author Image
आइतवार, मंसिर १२, २०७३

इलाम ।

Redcrosslogo

नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले जीतपुर र सिद्धिथुम्का गाविसमा दुई वर्षदेखि सञ्चालन गरिरहेको सामुदायिक उत्थानशील परियोजनाअन्तर्गत प्रकोप व्यवस्थापनका लागि रु ५५ लाख दिने भएको छ ।

परियोजना अधिकृत इन्द्र चापागाईंले आगामी वर्ष सन् २०१७ मा स्वास्थ्य सरसफाइ, विपद् व्यवस्थापन, जीविकोपार्जनलगायतका क्षेत्रमा उक्त बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

फिनिस रेडक्रसको सहयोगमा सञ्चालित उक्त परियोजनामा सन् २०१५ मा रु ३४ लाख र सन् २०१६ मा रु ४५ लाख दुवै गाविसमा खर्च भएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामका सभापति देवीप्रसाद गौतमले विगत दुई वर्षमा दुवै गाविसका नौवटै वडामा विपद् व्यवस्थापन समितिमार्फत कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । उहाँले जीतपुर सिद्धिथुम्कामा एक एक खानेपानी योजना निर्माण, विद्यालय शौचालय निर्माण, विपद् जोखिम न्यूनीकरणका गतिविधिहरू पूर्ण सरसफाइ प्रवद्र्धनसँग सम्बन्धित कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।

सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत रुद्र अधिकारीले सन् २०१७ मा चेतना अभिवृद्धि कार्यक्रमका साथै निर्माणका कार्यक्रमलाई निरन्तरता दिँदै निर्माणलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो । उक्त कार्यक्रममार्फत गाविसमा विपद् उद्धार सामग्री उपलब्ध गराइने र त्यसको परिचालनका लागि जनशक्ति तयार गरिने रेडक्रस इलाम शाखाले जनाएको छ ।

गाविसस्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् गाविसका सचिव युवराज घोर्साइले विपद् व्यवस्थापनका लागि गाविसस्तरीय योजना तयार गरी कार्यान्वयन गर्ने र गाविसमा कार्यरत विभिन्न गैरसरकारी कार्यालयका गतिविधिलाई समन्वयात्मक रूपमा सञ्चालनमा सहयोग पु¥याउने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर