Aamsanchar

धर्म परिवर्तन गराउने १ जनालाई जिल्ला अदालत डोल्पा सुनायो २ वर्ष कैद र २० हजार जरिबाना

Author Image
मङ्गलवार, मंसिर १४, २०७८

 

केशवराज आचार्य

     

काठमाण्डाै – जिल्ला अदालत डोल्पाले धर्म परिवर्तन गराउने एक जनालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ । 

जुम्ला घर भइ अहिले पोखरा बस्दै आएका पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ का महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जिल्ला न्यायाधीश केशवराज चपाईँको इजलासले सजाय सुनाएको स्रेस्तेदार मोहनप्रसाद बेल्वासेले जानकारी दिनुभयो । 

गएको वर्ष आचार्यले महिलाको उपचार गर्ने भन्दै फोटो भिडियो खिचेर प्रचारप्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । आचार्य पोखरामा रहेको प्रशस्त कटनी मण्डलका पाश्चर हुन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर