Aamsanchar

आजको मौसम : वर्षा तथा हिमपातको सम्भावना

Author Image
बुधवार, मंसिर १५, २०७८

मौसमी प्रणाली नेपाल प्रवेश गरेकाले बुधबारदेखि विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिउँदको विशेष मौसमी बुलेटिन जारी गरेर जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमबाट प्रवेश गरेको बादल क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको जनाएको हो।

‘हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण मंगलबार साँझदेखि नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा छ’, महाशाखाले जारी गरेको विशेष सूचनामा भनिएको छ।

यो मौसमी प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अरु प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।

महाशाखाले भनेको छ, ‘सो प्रणालीका कारण बुधबारदेखि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै ती प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।’

नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण अबका दिनमा तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ।

आउँदो शुक्रबारदेखि भने क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट बिस्तारै कमजोर हुँदै जाने देखिएको मौसमविद्ले बताएका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१