Aamsanchar

अध्यक्ष कप क्रिकेट : भद्रपुरलाई हराउँदै मेचीनगर अन्तिम चारमा

Author Image
सोमवार, मंसिर २०, २०७८

मदरगाछ । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा मेचीनगर नगरपालिकाले भद्रपुर नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षीत गरेको छ।

झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा सोमवार सम्पन्न खेलमा भद्रपुर नगरपालिकाले दिएको निर्धारित लक्ष्यलाई पछ्याउदै मेचीनगरले सहज जित हात पारेको हो।टस हारेर ब्याटिङ गरेको भद्रपुरले निर्धारित २० ओभरको खेलमा १४ ओभरमै सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो।

१२० रनको विजयी लक्ष्य पछ्याएको मेचीनगरले १२ ओभरमै निर्धारित लक्ष्य पूरा गरि सहज जित निकालेको थियो।

भद्रपुरको व्याटिङमा दिपेश काम्तीले १४ बल मा ३६ रन, सुमन श्रेष्ठले २५ बलमा ४० रन बनाएका थिए।मेचीनगरको बलिंगमा आशिक मगरले १ विकेट, राज थापाले १ विकेट, सन्दिप ले २ विकेट, सुमनले ४ विकेट लिएका थिए।

त्यस्तै दोस्रो इनिंगमा मेचीनगरको व्याटिङमा सन्दिपले २१ बलमा २३ रन, क्षितिजले २२ बलमा ४१ रन बनाएका थिए।

खेलमा म्यान अफ द म्याच मेचीनगरका क्षीतिज घोषित भए।

मेचीनगरको जित सँगै आउँदो २२ गते बिर्तामोडको टोली सँग भेट पक्का भएको छ।अन्तिम दुईको बाजीमा बिर्तामोड र मेचीनगर भिड्ने छन् ।

प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता

प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् ।समूह “क” अन्तरगत झापा गाउँपालिका,कचनकवल गाउँपालिका,कनकाई नगरपालिका,हल्दिबारी गाउँपालिका,बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब रहेका छन।त्यस्तै समूह “ख” अन्तरगत शिवसताक्षी नगरपालिका,बिर्तामोड नगरपालिका,भद्रपुर नगरपालिका,दमक नगरपालिका,मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।

झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता आउँदो मंसिर २३ गते सम्पन्न हुने क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 432

प्रतिक्रिया (०)

सम्बन्धित खबर