Aamsanchar

विनोद भण्डारीले स्वीडेनमा व्यावसायिक टी २० क्रिकेट खेल्ने

Author Image
शुक्रवार, जेठ १५, २०८३

काठमाडौं –  राष्ट्रिय क्रिकेट टिमका ओपनर विनोद भण्डारीले स्वीडेनमा गएर व्यावसायिक टी २० क्रिकेट खेल्ने भएका छन् ।

उनले त्यहाँ आगामी जुन १५ देखि २० सम्म आयोजना हुन लागेको नर्डिक स्म्यास ट्वान्टी २० मा भास्टेरस युनाइटेडबाट खेल्न लागेका हुन् ।

विनोदलाई टोलीमा अनुबन्ध गरेको टिमले बिहीबार सामाजिक सञ्जालमार्फत आयोजकले जनाएको हो । यो प्रतियोगिता स्वीडेनले आयोजना गर्न लागेको पहिलो संस्करण हो ।

विनोदले खेल्ने टिममा विल बसिस्टो, केसरिक विलियम्स, जाहुर खानलगायत क्रिकेटरहरू रहेका छन् ।

भेट्रान क्रिकेटर विनोदले यसै महिना काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप लिग २ मा राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए । पुनरागमनको पहिलो खेलमा उनले अर्धशतक पनि बनाएका थिए । उनी त्रिभुवन आर्मी क्लबको कप्तान पनि हुन् ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर