मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभकार्यमा सरिक भइनेछ ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । रोकिएको धन पनि हात पर्ला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ, अतस् सावधानी अपनाउनु नै उपयुक्त होला ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय पनि बित्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज यात्राको सम्भावना छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज कुनै समाचारले मनमा प्रसन्नता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ कार्य पनि हुनेछन् ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
ज्यो.प.नारायणप्रसाद दुलाल