

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहीवार आयोजित कार्यक्रममा नेता थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उहाँले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । ‘२०७८ काे अधिवेशनपछि कांग्रेसकाे लक्ष्य भनेकाे नेपाललाई समुन्नत बनाउने र नेपालीलाई सम्मानित बनाउने हाे’, नेता थापाले भन्नुभयाे ।
पार्टी पुनर्जागरण र रूपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको पनि उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन भाेलि शुक्रवारदेखि काठमाण्डाैमा सुरु हुँदैछ ।
Views: 80

