Aamsanchar

एकताको सरसफाई अभियान शुरु

Author Image
मङ्गलवार, मंसिर १४, २०७३

शान्तिनगर,

download (1)

झापाको शान्तिनगर–१ स्थित एकता युवामन्चले सरसफाई अभियान शुरु गरेको छ । शान्तिनगरका बिभिन्न पर्यटकिय र पिकनिक स्पोट र चियाबगान छेउछाउ फोहर हुने र फोहोर ब्यवस्थापनमा कसैको चासो नगएको भन्दै एकताले सरसफाई अभियान शुरु गरेको मन्चका सदस्य बिरेन शेर्माले बताए ।

जथाभाबी फोहोर हुदाँ बिभिन्न रोगको सक्रमण र त्यहाँको बातावरण समेत बिग्रने भएकाले शान्तिनगरबासीमा सकारात्मक सन्देश जाहोस भन्ने हेतुले सरसफाईको अभियान शुरु गरेको र यो अभियानले निरन्तरता पाउने मन्चका सचिब पुस्कर केसीले बताए ।

सोमबार शान्तिनगर–१ स्थित बरचोकमा नवनिर्मित स्वर्गीय साबित्रा ल्वागुनको स्मृतीमा निर्मित फलैचा परिसरमा भएको फोहोर सरसफाई गरि अभियान शुरु गरेको हो । मन्चका सचिब पुस्कर केसी, सदस्य मदन मगर, अनुप्रास शेर्मा र बिरेन शेर्मा लगायतको टोली सरसफाई अभियानमा सहभागि भएका थिए ।

मन्चले आगामी दिनमा बिभिन्न स्थानमा फोहोर मलाई शिर्षकको डस्वीन राखी फोहोर ब्यवस्थापनमा सबैको चासो बढाउन पर्चा पम्प्लेट टास्ने जनाएको छ । २०७० सालमा समाज रुपान्तरणमा महत्वपूर्ण भुमीका खेल्न स्थापना भएको एकता युवा मन्चले समाजका बिकृती बिसङगति बिरुद्ध आवाज उठाउदै आएको छ ।

सरसफाई अभियान संगै, टिमाई, हडिया लगायतका खोलामा बिसादी हाली माछा मार्ने प्रबृत्ति हटाउन पहल गर्ने मन्चले जनाएको । पानीमा बिसादीहाली माछा मार्दा खोलाका माछा र अन्य जलचरहरु मासिने र खानेपानीको मुहानमा समेत असर पुग्ने भएकाले जनचेतनामुलक कार्यक्रम छिट्टै अघि बढाउने तयारी गरेको मन्चका अध्यक्ष हर्क लिम्बुले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर