
झापा-झापाको विर्तामोड नगरपालिका–२ निधी कलेज नजिकै हिजो साँझ कार र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा १ च ४०५ नम्बरको कार र ना २० प २१८८ नम्बरको मोटरसाइकल हिजो साँझ आपसमा ठोक्किँदा झापाकै शिवसताक्षी नगरपालिका–११ का ५० वर्षीय नगेन्द्र भण्डारीको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा विर्तासिटी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । दुवै सवारी साधन सहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Views: 102


