Aamsanchar

अश्लील भिडिओ युट्युब च्यानलमा राख्ने १ युट्युबर पक्राउ

Author Image
आइतवार, मंसिर २६, २०७८

काठमाण्डाै – युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ ।

‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा प्रहरीले कालीकोटको पताँला झरना गाउँपालिका घर भएका भरतबहादुर तिरुवालाई पक्राउ गरेको हो ।

गएकाे शुक्रवार पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर