Aamsanchar

इलाममा ट्याक्टरले किचेर एक पुरुषको घटनास्थलमै मृत्यु

Author Image
मङ्गलवार, मंसिर २८, २०७८


इलाम-इलामको माइजोगमाई गाउँपालिका–४ गैरीगाउँमा सोमबार साँझ ट्याक्टरले किचेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ५४ वर्षीय पूर्ण बहादुर घले रहेका छन् ।

पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरबाट घले खस्दा सोही ट्याक्टरको पछाडीको चक्काले उनलाई किचेको थियो । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरी चौकी नामसालिङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर