Aamsanchar

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

Author Image
शनिवार, पौष ३, २०७८

  काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । कांग्रेस महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नम्बर २ (महिला) पदमा उनी विजयी भएकी हुन् । उनी शेरबहादुर देउवा समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन्।

उनले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गर्दै जित सुनिश्चित गरेकी हुन्। चित्रलेखाले २७३१ मत पाउँदा चौधरीले १८८५ मत प्राप्त गरिन् । शनिबार मतगणना भएको हो।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आज  खुल्ला केन्द्रीय सदस्यको मतगणना हुँदैछ।

Views: 349

प्रतिक्रिया (०)