Aamsanchar

प्रदेश १ कोरोना अपडेट, झापामा एक जनामा मात्र संक्रमण पुष्टि

Author Image
शनिवार, पौष ३, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज २० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १४ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९५ रहेको छ ।

 

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर