ट्विटरले चीन र रसियासहित ६ देशका विभिन्न संघ–संस्थाको अकाउन्ट हटाएको छ । सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले ती देशहरुको अकाउन्ट हटाएको हो । ‘चीनको अल्पसंख्यक मुस्लिम समुदाय उइगुरलाई होच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएको छ’ ट्विटरले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको सिनजियाङ प्रान्तका मुसलमानको नरसंहार गरेको आरोप लाग्दै आएको छ । विज्ञहरुका अनुसार १० लाख भन्दा उइगुरलाई विभिन्न शिविरमा राखिएको छ । उइगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएको छ ।

चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएको छ ।त्यसैगरी, मेक्सिकोका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएको जनाइएको छ । त्यस्तै, नागरिक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएको भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएको छ । अर्कोतर्फ राष्ट्रपति योवेरी मुसीभेनीको प्रचार गरेको भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएका छन् ।

