Aamsanchar

आजको राशीफल (२०७८ पुष ५ गते सोमबार)

Author Image
सोमवार, पौष ५, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ कामको थालनी होला । शेयर बजारले पनि साथ दिनेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार सुन्न पनि पाइएला ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्न सक्छ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । यात्रा सफल नै होला। शेयर बजारको कारोबार सफल नै हुनेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता पाइएला ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । पुँजी बजारबाट सफल मिल्नेछ । पुनर्मिलनको योग पनि छ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला ।अरुलाई प्रभावित पारेर काम बन्ने र श्रमको उचित मूल्याङ्कन हुनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । भ्रमणको योग पनि छ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर