
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ने र नजिकै घुम्न पनि पाइनेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा पनि सचेत हुनुपर्छ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम र दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । मनोरञ्जनमा पनि सहभागी भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
ज्यो.प.नारायणप्रसाद दुलाल


