Aamsanchar

आज तपाइको दिन कस्तो रहला राशीफल हेर्नुहोस् (२०७८ पुष २० गते मंगलबार)

Author Image
मङ्गलवार, पौष २०, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । शत्रुपक्ष हावी पनि हुन सक्छन् ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सरुवा र बडुवालको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अकस्मात् सफलता पाईन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाइभाइ वा मित्रबाट विशेष सहयोग मिल्न सक्छ । शेयर बजारबाट पनि लाभ मिल्नेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा भने ह्रास आउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

ज्यो.प.नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर