Aamsanchar

हेलो सरकारमा उजुरी : भारतीय राजदूतलाई देश निकाला गरियोस्

Author Image
सोमवार, मंसिर २०, २०७३

काठमाडौं,

land-line-phone-58098c93c292a8.02598127

भारतीय राजदूत रन्जित रायले कुटनीतिक मर्यादा विपरीत काम गरेको भन्दै हेलो सरकारमा उजुरी परेको छ ।

शनिबार मोर्चाका नेताहरुलाई लन्च खान बोलाएर राजदूत रायले संविधान संशोधन प्रस्तावको समर्थन गर्न दबाब दिएका थिए ।

लगत्तै पत्रकार घमराज लुइँटेलले हेलो सरकारमा उजुरी गर्नुभएको हो ।  ‘नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरी भाँडेकोले भारतीय राजदूत रायलाई देश निकाला गरियोस्’ उहाँको माग छ ।

राजदूतको बारेमा गुनासो गरेका लुइँटेललाई हेलो सरकारले जवाफ फर्काउँदै गुनासो परराष्ट्र मन्त्रालयमा पठाइएको जानकारी गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर