चारपाने । झापाको विर्तामोड–२, चारपानेमा रहेको बालकल्याण आवासिय माध्यमिक बिद्यालयका पूर्व विद्यार्थीहरुले एक समारोहकाबिच गुरुहरुलाई अभिनन्दन तथा सम्मान गरेका छन् ।
‘गुरु तथा बिद्या मन्दिरको सम्मान, बालकल्याण २० औं ब्याचको पहिचान’ भन्ने मुल नाराका साथ आज (शनिवार) बिद्यालय परिसरमै २०७० सालको एसएलसी परिक्षाबाट उत्तिर्ण हुने बिद्यार्थीहरुले गुरु तथा शिक्षकलाई अभिन्दन तथा सम्मान गरेका हुन् ।
२०७० सालको एसएलसी परिक्षा उत्रिण भएका बिद्यार्थीहरुले आफुले पढेको बिद्यालय र आफुलाई शिक्षाको दिब्य ज्ञान दिने संस्थापक प्रिन्सिपल रामप्रसाद सिटौला, उहाँकी जीवन संगिनी देवी सिटौलालाई अभिनन्द र सो बेला अध्यापन गराउने गुरु, गुरुआमा र विद्यालयका कर्मचारीहरुलाई सामुहिक सम्मान गरेका हुन् ।
पूर्व विद्यार्थीहरुले तत्कालिन शिक्षक हरिप्रसाद भट्टराईलाई मरणोप्रान्त स्व. शिक्षक भट्टराईका छोरा देवीप्रसाद भट्टराई सम्मान गरेका छन् । त्यैगरी शिक्षकहरु तुलसीराम उप्रेती, टिका उप्रेती, बिष्णुमाया भट्टराई, दुर्गा ओली, उपेन्द्र ओली, नरपति प्रसाई, कमलमणि न्यौपाने, विद्यान लुईटेल, प्रविण सिटौला, नितु खवास, मिना भट्टराई, मोहन मुखिया, नवराज सिटौला, शान्तिराम नेपाल, बलराम शाह, प्रिति सिटौला, गणेश प्रधान, मुना खड्का र अम्बिका सापकोटालाई सम्मान गरेका छन् । त्यस्तै बिद्यालयका कर्मचारी गौरव भेट्वाल, चुडामणि अधिकारी, राजकुमार गोश्वामी, पुरुषोत्तम पौडेल, रोहन थापामगर र इन्द्रकुमारी थापामगरलाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रमका वीच झापा नाटकघर निर्माणका लागि ११ हजार एकसय ११ रुपैयाँ र सारेगमप लिटल च्याम्पस् नेपालको उत्कृष्ट आठौं स्थानमा पुग्न सफल झापा बिर्तामोड–२ की १४ बर्षिया कृपा पौडेललाई सम्मान तथा भोटिङका लागि ५ हजार एकसय रुपैयाँ समेत प्रदान गरिएको थियो ।
२० औं एसएलसी ब्याज उत्रिण गरि पोखरा युनिभर्सिटीबाट सिभिल इन्जिनियर बिदामा नेपाल टप गर्न सफल, क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहेका इन्जिनियर समिन खतिवडाको अध्यक्षता र बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रम बिद्यालयकै पहिलो र उदाहरणिय रहेको सहभागी बक्ता तथा बिद्यालय ब्यबस्थापन समितका संयोजक उपेन्द्र पराजुलीले बताए ।
माध्यमिक तह सम्मको शैक्षिक स्तर पुरागरि उच्च शिक्षा हासिलको क्रममा हाल नेपालका विभिन्न स्थान हुदै अमेरिका,अष्ट्रेलिया ,पोल्याण्ड,दुबै, जापान,क्यानडा ,भारत लगायत एक दर्जन भन्दा धेरै मुलुकमा छरिएर रहेका ४० बढी बिद्यार्थीहरुको प्रयासमा कार्यक्रम आयोजना गरिएको थियो ।
‘बालकल्याण माध्यमिक बिद्यालयका गुरुहरुले दिएको ज्ञान र देखाएको बाटोमा पथ प्रदर्शक भएर अघि बढेकै कारण आज हामी डाक्टर, नर्स इञ्जिनियर, लयर, शिक्षक, उद्योगी, ब्यापारी ब्यवसायी ,सामजसेवी लगायतका प्राय सबै क्षेत्रमा आफुलाई पुर्याउन सफल भएका छांै ।’ ‘आज हामी जहाँ छौ जे छौ त्यो हाम्रा पुजनिय माता पिता र गुरुहरुको देन हो । त्यसलाई हामीले मनन गरेर जन्म दिने माता पिता र शिक्षाको पहिलो दिब्य ज्ञान दिने पुजनिय गुरुहरुलाइ सम्मान गर्नु, वहाँहरुबाट थप प्रेरणा र आशिर्बाद लिन सक्नु हाम्रो पहिलो दायित्व हो भन्ने ठानेर नै आज हामीले यो कार्यक्रमको आयोजना गरेका हौ ।’ कार्यक्रमका संयोजक इञ्जिनियर समिन खतिवडाले बताए ।
‘बालकल्याण आवासिय माध्यमिक बिद्यालयले स्थापनाकाल देखि हाल सम्म ३३ औं ब्याच उत्पादन गरिसक्यो तर हामीले बुझेसम्म कुनै पनि ब्याचले पुन बिद्यालयमानै फर्किएर यश प्रकारको कार्यक्रम गरेको पाएनौं र हामीले यसलाई हाम्रो कर्तब्य सम्झेर आउदो पुस्तालाई समेत प्रेरणा मिलोस् भन्ने उद्देश्य राखेर यो कार्यक्रमको आयोजना गरेको हो’ आयोजक समुहकी सदस्य मन्दिरा रिजालले स्वागत मनतब्य कै क्रममा जनाइन् । २०औ ब्याचमा भएका करिव ४० जना छात्र, छात्राले भर्चुअल मिटिङ्ग गरि सबैबाट रकम संकलन गरेर कार्यक्रम गरिएको डाक्टर बिधामा अध्ययन गरिरहेका उदय राजबंशी ले बताए ।
स्वदेशका विभिन्न स्थानमा रहेका सबै बिद्यार्थीहरु तथा बिदेशमा रहेका साथिहरुका अभिभावकहरु प्रत्यक्ष कार्यक्रममा सामेल भई उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा २० औं ब्याचका पूर्व विद्यार्थीहरु समिन खतिवडा, योगेश खरेल, रोश्ना अधिकारी, मन्दिरा रिजाल, शिवानी बजगाई, योगेश उप्रेती, उदय राजवंशी, मनिश मिश्र, रोशिका कार्की, किशनकुमार मुर्मुको उपस्तिथी रहेको थियो ।
अभिन्दन समारोहमा आयोजित भेलाले इन्जिनियर समिन खतिवडा को अध्यक्षतामा २१ सदस्यीय बालकल्याण पुर्व बिद्यार्थी तदर्थ समिति समेत गठन गरेको छ।
कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशब भट्टराइले गरेका थिए ।