बिर्तामोड ।
फुटवल खेलाएर उठाएको रकमले यहाँका युवाले एक विद्यालयलाई कम्प्यूटर खरिद हस्तान्तरण गरेका छन् ।
गोलधाप–१ स्थित खुट्टेडाँगीका युवाले सोही ठाउँमा रहेको दुर्गादेवी प्राविलाई एक थान कम्प्यूटर प्रदान गरेका हुन् । सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरुले पनि विद्यालयलाई तीन थान कम्प्युटर हस्तान्तरण गरेका छन् । विद्यालयका प्रधानाध्यपक गञ्जबहादुर राजवंशी सवै कम्प्यूटर प्रदान गरिएको हो ।
कम्प्युटर सहयोग गर्ने पूर्व विद्यार्थीहरुमा स्थानीय रमेश पाण्डे, हेमकुमार कडरिया, हरिशंखर संग्रौला विक्रम अधिकारी र श्रीप्रसाद पौडेल रहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उनीहरुले कम्प्युटर खरिद गरेको बताइएको छ ।
फुटबल आयोजक समितिका संयोजक धनन्जय उप्रेतीले आँफूहरुले उक्त पुण्यको काम गर्न पाउदा एकदमै हर्षबोद भएको बताए । उनले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ खेलकुदको माध्यमबाट सामाजिक सहयोग गर्न सकिनेमा जोड दिए ।
सही कार्यक्रमका बीच गोलधाप वडा नं. – २ निवासी मोहन कुमार संग्रौलाले विद्यालयको स्तर उन्नतीको लागि ५ हजार १ सय रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद खरेललाई प्रदान गरिएको थियो ।