Aamsanchar

बिर्तामोडमा जोङसेन ब्रान्डका मोटरसाइकल तथा स्कुटलको बिक्री गर्ने सेवारो मोटर्स उदघाटन

Author Image
मङ्गलवार, पौष २७, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा जोङसेन ब्रान्डका मोटरसाइकल तथा स्कुटलको बिक्री केन्द्र सेवारो मोटर्स संचालनमा आएको छ ।
मंगलबार (आज) एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले रिवन काटेर उद्घाटन गरेका छन् ।

अटोमोईल्स व्यवसायमा उदाएका दुई युवा सुरेश आङवो र अर्जुन गिरीले एक करोड लगानीमा संचालनमा ल्याएको सेवारो मोटर्सले विर्तामोडमा नव पुष्तालाई लक्षित गरेर मोटरसाईकल, स्कुट भित्रियाएको छ । मोटरसाईकल इन्जिन उत्पादनको क्षेत्रमा चाईनमा अग्रस्थानमा रहेको जोङसेन कम्पनीले उत्पादन गरेको करिव एक दर्जन उत्पादन मध्ये हाल तिनवटा मोडलका दुई पाङग्रे सवारी बिक्री सुरु गरिएको संचालक आङवोले बताए । आउदो नयाँ बर्षमा मोटेरसाईकल र स्कुटर गरेर अरु आठ वटा मोडल ल्याउने उनले बताए ।

सो रुम विर्तामोडको भद्रपुर रोड अन्नपूर्ण चोकमा रहेको छ ।

हाल आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी ६ स्कुटर बिर्तामोडमा उपलब्ध रहेको जोङसेन कम्पनीको नेपालका लागि आधिकारिक वितरक रिजोन मोटर्स बिजनेश प्रा.लि.का म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले बताए ।

बस्नेतको भनाई अनुसार ‘देशका विभिन्न भाग काठमाडौं र सुर्खेत र बिर्तामोडमा सोरुम संचालनमा आई सकेको छ । पूर्वमा धरान, दमकमा एक महिना भित्रमा शोरुम खुल्ने छ ।’ नेपालमा पहिलो पटक ७ वर्ष सम्मको इन्जिन वारेन्टी दिने कम्पनी जोङसेन भएको उनले दावी गरेका छन् ।

मोटरसाईलको टिकाउ र विश्वसनियताको बारेमा आमसंचारले जिज्ञाषा राख्दा सेवारो मोटर्सका अर्का संचालक गिरीले भने ‘विश्व बजारलाई कब्जा गर्दै अघि बढेको चाइनिज कम्पनीले हो’ ७ वर्षको इन्जिन वारेन्टी दिएको छ । पाट्स बिग्रिए तुरुन्त उपलब्ध गराउने छौं ।’

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिर्तामोडमा पहिलो पटक जोङसेनको स्कुटल खरिद गर्ने दिपेन गिरी, बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गोपाल एक्तेनले सहजीकरण गरेको कार्यक्रममा, संचालन राज सुब्बाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 401

प्रतिक्रिया (०)

सम्बन्धित खबर