

काठमाण्डौ – आज सुन चाँदीको भाउ केही बढेको छ । सुन तोलामा चार सय रुपैयाँले बढेर आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले बढेर एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Views: 98

