Aamsanchar

नेपालमा थप ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

Author Image
बुधवार, पौष २८, २०७८

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर एन्टिजेन गरी १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २३ दशमलव ५८ प्रतिशत हो । पीसीआर परीक्षणको सङ्क्रमण दर भने २७ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७८ जना सङ्क्रमित निको भएका छन् । यही अवधिमा थप दुई जनाले ज्यान गुमाएका मन्त्रालययले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमध्ये काठमाण्डौ उपत्यकामा एक हजार पाँच सय ३८ जना रहेका छन् ।

अहिले नेपालमा ११ हजार ६ सय ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर