Aamsanchar

सामाजिक सुरक्षा भत्ता लिन बैंक जाँदै गरेकी वृद्धाकाे बाटाेमै ज्यान गयाे

Author Image
बिहिवार, पौष २९, २०७८

कालीकोट – कालीकाेटमा बैंक जाँदै गरेकी पलाँता गाउँपालिका ३ की एक वृद्धाकाे बाटाेमै ज्यान गएकाे छ । सामाजिक सुरक्षा भत्ता पाउनका लागि बैंक खाता खाेल्न हिँडेकी राजपुरा बमको पलाँता २ को सैन भन्ने ठाउँमा ज्यान गएकाे स्थानीयवासी बिस्न बहादुर बमले बताउनुभयो ।

सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता दिने गरेपछि दुर्गम जिल्लाका स्थानीयवासीलाई सास्ती भएको छ । वृद्धवृद्धालाई बैंकसम्म जान कठिन हुने गरेको छ ।

कर्णालीका दुर्गम जिल्लामा सामाजिक सुरक्षा भत्ता लिनकै लागि दुई दिनको बाटो हिँड्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर