झापा ।

गिट्टी बोकेका ट्याक्टर दुर्घटना हुँदा आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केचना–१ का ३२ वर्षीय रुपलाल माझी रहेका छन् ।

लक्ष्मीपुर घेराबारी सडकखण्डअन्तर्गत गिट्टी बोकेर केचनातर्फ जाँदै गरेको मे१त २७९७ नंको ट्याक्टर घेराबारी–३ मा पल्टँदा उनको मृत्यु भएकोे इलाका प्रहरी कार्यालय राजगढका प्रमुख भरत केसीले जानकारी दिनुभयो ।

ट्याक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको बताइएको छ ।

Views: 160

