Aamsanchar

बालअधिकार कार्यान्वयनका लागि तुलसीपुरका सरोकारवालालाई अभिमुखीकरण

Author Image
शुक्रवार, पौष ३०, २०७८

तुलसीपुर । बालअधिकार व्यवहार तहमा कार्यान्वयनका लागि तुलसीपुर–७ मा सरोकारवालालाई अभिमुखीकरण गरिएको छ । बेसको सहकार्यमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ र तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले संयुक्तरुपमा आयोजना गरी जनप्रतिनिधि, टोलविकास संस्था, विद्यालयका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई बालअधिकार कार्यान्वयनका विषयमा अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा सहभागीले बालअधिकार कार्यान्वयन गर्न व्यक्तिसंगै घरपरिवार, समाज, टोल र सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सहभागीले बालश्रम, लागुऔषध दुव्र्यसनी, बालविवाह लगायतका कारण बालअधिकार कार्यान्वयन चुनौति रहेको बताएका छन् । सहभागि वक्ताले बालअधिकारका कुरा संविधानमा व्यवस्था गरिएपनि व्यवहारिकतहमा कार्यान्वयन कार्यान्वयन गर्न निकै चुनौति रहेको बताएका छन् ।

अभिमुखिकरण कार्यक्रममा बालबालिकाको बाँच्न पाउने, उनिहरुको संरक्षण, विकास र सहभागिताको अधिकारका विषयमा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले सरोकारवालालाई अभिमुखिकरण गर्नुभएको हो ।

वडा भित्र रहेका टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधि, विद्यालयका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई प्रमुख श्रेष्ठले बालबालिकाको अधिकार व्यवहारिकतहमा लैजान सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । भोलिको सुन्दर समाज निर्माण गर्न गर्भावस्थादेखि नै बालअधिकार रक्षाका लागि अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने उहाँले अभिमूखिकरण गर्नुभएको छ ।

कार्यक्रममा वडा अध्यक्ष टोपबहादुर केसीले बालअधिकार कार्यान्वयन गर्न सकेमात्रै भोलिको सुन्दर भविष्यको परिकल्पना गर्न सकिने बताउनुभयो । उहाँले बालश्रम, बालविवाह लगायतका चुनौति रहेको औँल्याउँदै यसको न्युनिकरणका लागि सरकार र नागरिक दुवैको भुमिकालाई बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलेले सबैको सक्रियताले समाज रुपान्तरण गर्न सकिने बताउनुभयो । परिवर्तन विस्तारै हुने भएकाले पनि बालअधिकार व्यवहारिक तहमा कार्यान्वयन हुन पनि केहि ढिला हुन सक्ने उहाँको भनाई छ ।

कार्यक्रममा नगरका लेखा शाखा प्रमुख बासुदेव अधिकारीले बालअधिकार व्यवहारिक तहमा कार्यान्वयनका गर्न सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

यसैबिच वडा बालअधिकार संजाल गठन गरिएको छ । वडा अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा दुई सदस्य पछि थप्ने गरी वडा बालअधिकार समिति गठन गरिएको हो । समितिको सदस्यमा जनप्रतिनिधि चित्रा मल्ल र शारदा सुनार, मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा, प्रावि डाँडापातुका नन्दलाल भट्टाराई, हाम्रो पहुँच विद्यालयका प्रधानाध्यापक डिआर भण्डारी रहनुभएको छ ।

त्यसैगरी बालिका प्रकृति पुन, प्रहरी चौकी पर्सेनीका प्रमुख भिमबहादुर रावत, समाजसेवी नोखी रावत, ओमबहादुर वली, शसक्तीकरण महिला सहकारीका पदमा कडेल र सदस्य सचिवमा वडा सचिव आशाराम चौधरी रहनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)