Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
बुधवार, माघ ५, २०७८

काठमाडौं –साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 466

प्रतिक्रिया (०)

सम्बन्धित खबर