

सर्लाही – सर्लाहीमा आगाे ताप्ने क्रममा जलेर एक वृद्धाकाे ज्यान गएकाे छ । सर्लाहीको गोडैता नगरपालिका-११ सिसौटियामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धा देवकली देवीकाे ज्यान गएकाे हाे ।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि गम्भीर घाइते भएकी देवकलीको उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Views: 246

