Aamsanchar

दलका नेतासँग छलफल गर्दै सभामुख घर्ती

Author Image
बिहिवार, मंसिर २३, २०७३

काठमाडौँ ।onsarai

सभामुख ओनसरी घर्तीमगरले राजनीतिक गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बिहीबारदेखि छलफल प्रारम्भ गर्नुहुने भएको छ ।

सो क्रममा उहाँले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुहुने उहाँका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो ।

सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भने शुक्रबार छलफल गर्ने कार्यक्रम तय गरिएको छ । छलफलमा सरकारले ल्याएको संविधान संशोधनपछिको उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल गर्नुहुने बुझिएको छ ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर