Aamsanchar

पानी तान्ने ट्युवेलमा करेन्ट लागेर मोरङमा १ जनाको मृत्यु

Author Image
शुक्रवार, माघ ७, २०७८

मोरङ- मोरङको रतुवामाई नगरपालिका-९ मा पानी तान्ने ट्युवेलमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिका-७ का २५ बर्षीय मदन श्रेष्ठ रहेका छन । हिजो बेलुका ६ बजे रतुवामाई-९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए । उनलाई  उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर