मोरङ।

मोरङको लेटाङ-भोगटेनी नगरपालिका ७ कमलपुरमा गएराती जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ।

जंगलबाट निस्केका दुई वटा हात्तीले स्थानीय शेरमान लिम्बुको टिन र काठले बनेको घर भत्काई घरभित्र राखिएको अन्नपात नष्ट गरेको हो। घर भत्किदा लिम्बुको अन्दाजी एक लाख बराबरको क्षति भएको छ।

हात्तीलाई प्रहरी र स्थानीयवासीहरु मिलेर जंगलतर्फ लखेटेका छन।

Views: 150

