इनरुवा ।
सुनसरीका सरकारी तथा गैरसरकारी कार्यालय अपाङ्गमैत्री नरहेको अपाङ्गता भएका व्यक्तिले बताएका छन् ।
जिविसको कार्यालय प्रमुख बस्ने कार्यकक्षबाहेक कार्यालयका प्रमुख माथिल्लो तलामा बस्ने भएकाले आफूहरुले सहज सेवा पाउन नसकेको अपाङ्ग समन्वय समितिका अध्यक्ष खुवलाल चौधरीले गुनासो गर्नुभयो ।
यहाँका जिल्ला शिक्षा अधिकारी, स्वास्थ्य प्रमुख, मालपोत प्रमुख, जिल्ला पशु सेवा कार्यालय प्रमुख, कोष तथा लेखा नियन्त्रण प्रमुख, नापी प्रमुख, प्रजिअ लगायतका विभिन्न कार्यालय प्रमुख र बैंकसमेत माथिलो तल्लामा रहेकाले आफूहरुले सहज सेवा पाउन नसकेको अपाङ्गता भएका शम्भु भट्टराईले गुनासो गर्नुभयो ।
जिल्लाका कार्यालय प्रमुख बस्ने कोठा तथा कार्यकक्ष माथिल्लो तल्लामा रहेकाले आफूहरुले सहज सेवा पाउन नसकेको गुनासो गरेका हुन् । कार्यालय प्रमुखको सेवा पाउन समस्या भएको छ, त्यसमा सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिले पाउने ५० प्रतिशत भाडा छुटसमेत नपाएको अर्का एक रामप्रसाद कार्कीले गुनासो गर्नुभयो ।