Aamsanchar

गाम्चामा निसासिएर तीन महिने शिशुको मृत्यु, बुबाआमा बेहोस

Author Image
आइतवार, माघ ९, २०७८

काठमाण्डाै – भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ ।

शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ । गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिनाका छोराको उपचारका क्रममा बिहान ज्यान गएको महानगरीय प्रहरी प्रभाग भक्तपुरले जनाएको छ ।

गएराति आगो तापेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीले बिहान झ्याल फोडेर हेर्दा सबै बेहोस अवस्थामा थिए । बेहोस भएका तीन जनामध्ये शिशुको ज्यान गएको र दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 398

प्रतिक्रिया (०)

सम्बन्धित खबर