Aamsanchar

वीरता जेसीज नयाँ समितिको सामाजिक कार्यक्रम साधुटारबाट सुरु

Author Image
आइतवार, माघ ९, २०७८

बिर्तामोड । वीरता जेसीजले झापाको अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा आवासियरुपमा रहने बटुक तथा गुरुहरुका लागि एकदिनको भोजनवापतको रकम प्रदान गरेको छ ।

शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारको ४६औं वार्षिकोत्सवका अवसरमा गत माघ १ गतेबाट सञ्चालन भइरहेको श्रीमद् भविष्य महापुराण पाठ कथा चौरासी सिद्धशिवलिङ्ग स्थापना चलप्रतिष्ठात्मक विराट महायज्ञमा सहभागी भएर शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा आवासियरुपमा रहने बटुक तथा गुरुहरुका लागि एकदिनको भोजनवापत २५ हजार रुपैयाँ प्रदान गरिएको वीरता जेसीजका अध्यक्ष प्रविण खड्काले बताए ।

शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा आवासियरुपमा बटुक तथा गुरुहरु गरी ८५ जना रहेको र उनीहरुलाई एक दिनको भोजनवापत २५ हजार रुपैयाँ प्रदान गरिएको उनले बताए ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको आस्थालाई आत्मसात गर्दै उक्त सहयोग गरिएको उनले बताए ।

वीरता जेसीजका अध्यक्ष प्रविण खड्काले उक्त रकम शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडालाई हस्तान्तरण गरेका थिए ।

वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षता तथा शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्र चौलागाईं, कार्यकारीणी उपाध्यक्ष युवराज कुँवर, कोषाध्यक्ष दिवाकरलाल चौधरी , तालिम संयोजक जनक खड्का, संयुक्त सचिव अनन्तलाल महतो, सदस्यहरु घनश्याम चौधरी, अमरजीत शाह, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा शंकराचार्य पीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा आवासियरुपमा बटुक तथा गुरुहरुको एकदिनको भोजनबापत रकम प्रदान गरेर वीरता जेसीजले ठूलो गुन लगाएको बताउँदै वीरता जेसीजलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टिकाराम खतिवडाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 437

प्रतिक्रिया (०)