Aamsanchar

१५ वर्षीया एक बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Author Image
मङ्गलवार, माघ ११, २०७८

  वीरगन्ज : वीरगन्जमा १५ वर्षीया एक बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवाका २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यादव रहेका छन्। मुन्नाले गाँउकै १५ वर्षिया बालिकालाई डरत्रास देखाइ पटकपटक जबरजस्ति करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाइ घरबाटै पक्राउ गरेको हो। प्रहरीका अनुसार पीडित बालिकाका अभिभावकले प्रहरीमा दिएको जोहरीमा मुन्नाले पीडित बालिकालाई डरत्रास देखाएर अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगेर पटकपटक जबरजस्ती करणी गर्दै आएको उल्लेख छ।

जाहेरीको आधारमा मुन्नालाइ पक्राउगरी जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ६ दिनको  म्याद थपगरी अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर