तेह्रथुम,

रोजगारको सिलसिलामा दक्षिण कोरियामा ज्यान गुमाएका तेह्रथुमको फाक्चामारा–३ का दुधराम लिम्बुको परिवारलाई झण्डै आठ लाख ५० हजार रुपैंयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

किराँत याक्थुङ चुम्लुङ कोरिया शाखा र ग्लोबल तेह्रथुम समाजले आर्थिक संकलन गरेका थिए । यी दुई संंस्थाले संयुक्त रुपमा संकलन गरेको आठ लाख ४७ हजार एक सय ५२ रुपैयाँ लिम्बुको परिवारलाई हस्तान्तरण गरिएको चुम्लुङ कोरिया शाखाका अध्यक्ष सन्तोष मादेनले जानकारी दिनुभयो ।

रोजगारीका लागि कोरिया पुगेका दुधरामको पुगेको तीन महिनामै सुतिरहेकोे अवस्थामा ज्यान गएको थियो

Views: 195

