Aamsanchar

संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री

Author Image
शुक्रवार, मंसिर २४, २०७३

बैतडी,

Puspakamal_dahal_380025590

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलको सहमतिमा छिट्टै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै प्रधानमन्त्री दाहालले यसमा सबै दल सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सहमतिमै पारित हुने उहाँले दोहर्याउनुभयो । दार्चुलाको शिखर गाविसमा निर्माणधिन ३० मेगावाट क्षमताको जलविद्युत आयोजनाका निरीक्षणका लागि दार्चुला पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि सरकार लागिपरेको बताउनुभयो ।

उहाँले निर्माणधिन आयोजना समयमै सम्पनन गर्न पनी आग्रह गर्नु भएको छ ।  प्रधानमन्त्रीले चमेलिया जलविद्युत आयोजनाको खुम्चिएको सुरङको स्थलगत निरीक्षण गर्दै कामलाई तीव्रता दिन निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर