Aamsanchar

अनुमती विना मजाक भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गर्नेलाई प्रशासनले कार्वाही गर्ने

Author Image
बिहिवार, माघ १३, २०७८

काठमाडौं । सहर बजारमा ख्यालठट्टा भनेर सम्बन्धित व्यक्तिको सहमतिबिना मजाक भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गर्ने कार्य मौलाएको र जसले गर्दा समाजमा नकारात्मक असर परेको भन्ने जनगुनासो बढन थालेपछी त्यस्तो भिडियो बनाएर पोष्ट गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति र अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)