Aamsanchar

‘नर्सिगको अचम्मको कुरा’

Author Image
शनिवार, माघ १५, २०७८

वाहिर विश्वयूद्धको अग्नी दनदनी वलिरहेको थियो, मान्छेहरु दिनहुँ हताहत र घाईते भइरहेका थिए, सानो टुकी वालेर फ्लोरेन्स नाईटएगंल घाईतेहरुको सेवामा हरपल तत्पर थिईन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरुले अत्यन्त महत्व दिएर आदरणीय रुपमा हेरेको नर्सहरुको वारेमा कुरा गरौँ ।

सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु वोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आँउछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ । हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा नर्स दिवस मनाईन्छ ।

नर्सिगं को ईतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपेक्ष्यमा नर्सहरुको महत्व अनि विकास धेरै भईरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा विर अस्पतालको स्थापना पछी स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्नसक्ने ब्यत्तिहरु मात्रै थिए, विर अस्पतालको ईतिहास पल्टाउदा उतिवेला ड्रेसिंग लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वंले गर्ने गर्दथे । नर्सिगंको नेपाली ईतिहास विसं २०१३ वाट शुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरुले औपचारीक रुपमा नर्सिगंको तालिम लिएका थिए, राणा शाषनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्यउपचार अनि नसिंगको महत्व चालपाएर नेपालमा नर्सिगको शुरुवात भएको विश्वास गरिन्छ, राणाकालको क्रममा चारजना नेपाली चेलीहरु विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको ईतिहास छ । त्यसपछी क्रमश नेपाली महिलाहरु भारतमा ४ वर्ष ९ महिने लामो नसिंग कोर्स गरेर आउने चलन वढेको पाईन्छ ।

आज गल्ली पिच्छेका अस्पताल अनि क्लीनीकहरुमा नर्सहरुको उपस्थिती बाक्लै देख्न सकिन्छ, शहर शहरमा नसिंग कलेजहरु खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नसिंग प्रतिको आकर्षण वढ्दै गईरहेको छ । नर्सिगको अचम्मको कुरा के छ भनेँ यो ब्यवसायमा पुरुषहरु नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिग कलेजहरुले पुरुषहरुलाई पनि नर्सिग तालिम दिएकोमा पछी गएर पुरुषहरु यस ब्यवसायमा उत्ति आकर्षित नभएको पाईन्छ । शायद माया, स्नेह अनि ममतामयी यो ब्यवसायमा महिलाको मधुर उपस्थितीनै अत्यूक्तम लागेको हुनसक्छ । विरामी हामीमध्य जोकोही पनि पर्न सक्छौ, मनोवैज्ञानीक रुपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आशलाग्दो ब्यक्तित्वहरुको उपस्थिती र सहयोगले छिटै निको हुने देखाँउदछ, हामी सबैलाई नर्सहरुवाट अझै धेरै सदभाव र आशाको अपेक्षा छ । शुरुशुरुमा नर्सिगलाई दुख्ख लाग्दो ब्यवसाय, रात्रीकालिन ड्यूटी पर्ने, विरामी अनि घाउ रगतसँग काम गर्न पर्ने भन्ने रुपमा उति राम्रो रुपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरुको उपस्थिती अनि चित्रण वडो गज्जबरुपमा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 566

प्रतिक्रिया (०)

सम्बन्धित खबर