Aamsanchar

बाँच्न पाउने अधिकारको माग गर्दै विद्यार्थी सडकमा

Author Image
आइतवार, मंसिर २६, २०७३

काठमाडौंःGreen_City_Nepal-584be7346b36b6.35642031

पृथ्वीमा रहेका सम्पूर्ण जीव जन्तुको बाँंच्न पाउने अधिकार रक्षाको काग गर्दै विद्यार्थीले र्याली गरेका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर सितापाइलाको सिद्धार्थ मल्टिपल कलेजका विद्यार्थीले र्याली गरेका हुन् ।

स्नातक तहमा सोसियल वर्क विषयको अध्ययन गरिरहेका विद्यार्थीले र्या‍लीको अगुवाई गरेका थिए । ¥यालीमा स्थानीय वासिन्दाको समेत सहभागिता थियो।

कलेजका कार्यक्रम निर्देशक विष्णु बरालले धर्तीमा रहेका जनावरदेखि रुख, विरुवाको समेत बाँंच्न पाउने अधिकार रक्षा गर्न जनचेतना फैलाउनुपर्ने बताए । । कार्यक्रमका सहभागीहरुले ‘ग्रीन सिटी, क्लिन सिटी, माई सिटी’, सफा वातावरणमा बाँंच्न पाउनु मानव अधिकार होलगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

कलेजले यसअघि पनि सामाजिक चेतना फैलाउन कार्यक्रम गर्दै आएको कलेजका प्रशासन प्रमुख गोपाल अधिकारीले जानकारी दिए ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर