Aamsanchar

खर्च अभावका कारण जीवन र मरणको दोसाधमा माताल, बचाउँ अभियान समिति गठन

Author Image
शनिवार, माघ २२, २०७८

चारपाने । जीवन र मरणको दोसाधमा रहेका झापा अर्जुनधारा–५ सन्थाल बस्तीका माताल मुर्मुको उपचार सहयोगको लागि सहयोग समिति गठन गरिएको छ ।
यतीवेला स्थानिय र वडा कार्यलयसमेत मातालको उपचारको लागि आर्थिक सहयोग गर्न अपील गरिरहेका छन् ।

माताल बचाउ अभियनमा स्थानिय युवा किशन मुर्मुको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा पूजा मुर्मु, अर्जुन राजवंशी, बम राजवंशी, घनश्याम दाहाल, माधव खतिवडा, वालकुमार गिरी, राजकुमार चौहान, भूविक्रम बस्नेत, झारवती राजवंशी र बलराम हास्दा रहेका छन् । समितिले आजैबाट सहयोग अपील गर्दै गाउँ, चोक बजारमा डुल्ले भएको छ । त्यसैगरी देश विदेशबाट सहयोग गर्ने मनकारी महानुभावहरुमा पनि सहयोगको अपेक्षा राखेको छ ।

अत्यन्तै कमजोर आर्थिक अवस्थामा आफ्नो र परिवारको दुई छाकको जोहो गर्न मजदुरी गर्दै आएका ४५ बर्षे मातालको गत ६ महिना अघी दैवले पनि कम साथ दिएर होला मजुदुरी गर्ने क्रममा खुट्टा भाचिएको थियो । खुट्टा भाचिएपछि स्वास्थ्य लाभ लिएर घरैमा बसेको अवस्थामा उनको जीवनमा अर्को बज्रपात हुन पुग्यो । उच्च रक्तचापको कारण अचेत बन्न पुगे । माताललाई छरछिमेकको सहयोगमा हाल विर्तामोड स्थित विर्ता सिटी अस्पतालमा उपचारको लागि लगिएको छ । तर उपचार खर्च नभएका कारण उचित उपचार हुन सकेको छैन । अस्पतालले सरल र सुलभ उपचार गरिदिने भएपनि अप्रेसन खर्च जुट्न नसकेको कारण मालत जीवन र मृत्युको दोसाधमा रहेका हुन् ।

उपचारमा करिव ५ लाख खर्च लाग्ने अनुमान गरिएको समितिका सदस्य बम राजवंशीले बताए ।

सहयोगी दाताहरुले पीडितको बारेमा थप बुझन परेका निम्न नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिईएको छ । ९८०१९२०३१९

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)