Aamsanchar

आज २०७३ साल मंसिर २७ गते सोमवारको राशीफल हेर्नुहोस्

Author Image
सोमवार, मंसिर २७, २०७३

आज २०७३ साल मंसिर २७ गते सोमवार, तदअनुसार डिसेम्बर १२, २०१६

तपाइको आज

मेष: नयाँ कामको मौका मिल्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । सन्तानले सुखको अनुभूति गराउनेछन ।

वृष: सजिलै अरुको बिश्वास जित्न सकिनेछ । धेरैले तपाइको कामको प्रसंसा गर्नेछन । आमाको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछ ।

मिथुन: मेहनत गरे धेरै काममा सफलता मिल्नेछ । आफन्तको सहयोगमा नयाँ कामको थालनी हुनेछ । बिश्वास गरेकाले धोका दिन सक्छन ।

कर्कट: काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सोच्ने शक्ति बढ्नेछ । बुद्धिको उपयोग हुनेछ । शत्रुहरु पराजित हुनेछन भने उत्साह बढ्नेछ ।

सिंह: पढाई लेखाइमा सन्तोषजनक सफलता मिल्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । रमाइलो यात्राको योग रहेको छ । लेनदेनमा भने केहि विवाद आउने देखिन्छ ।

कन्या: भोज भतेरमा जाने अवसर मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ । मन प्रसन्न रहनेछ ।

तुला: पुराना समस्याको समाधान हुनेछ । भाग्य बलियो भएकाले धेरै काममा सफलता मिल्नेछ । शत्रुहरुसंग सचेत रहनुहोला ।

वृश्चिक: रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । भेटघाटमा मन प्रसन्न रहनेछ । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।

धनु: अध्ययन अध्यापनमा प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । ब्यापार ब्यबसायबाट सामान्य लाभ मिल्नेछ ।

मकर: साथीभाईको सहयोगले नयाँ कामको थालनी हुनेछ । आर्थिक काम कारोबारमा सुधार आउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

कुम्भ: सोचेको आटेको काममा सफलता मिल्नेछ । सन्तान सुख मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ । काम गर्ने मनोबल बढ्नेछ ।

मीन: सोचे भन्दा आम्दानी धेरै हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । काममा रुची बढ्नेछ । शत्रुहरुले पिछा नछोड्ने हुँदा सचेत रहनुहोला ।

Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर