Aamsanchar

सिन्धुपाल्चाेकमा खुकुरी प्रहार गरी २ जनाको हत्या

Author Image
सोमवार, माघ २४, २०७८

सिन्धुपाल्चाेक – सिन्धुपाल्चाेककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । हिजाे बेलुका चिम्लिङका विजय तामाङले जाँडरक्सी खाएर स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएको छ ।

हत्याका आराेपी विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँले  घटनाको थप अनुसन्धान भइरहेको बताउनु भएकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर