Aamsanchar

आफ्नै ५७ वर्षीया आमाको हत्या आरोपमा छाेरा पक्राउ

Author Image
सोमवार, माघ २४, २०७८

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर–२, खोलीगाउँमा कुटपिटबाट आफ्नै आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाई फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।रमेशले आमालाई शनिबार घरनजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको सूचना जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्राप्त भएको थियो । सूचनालगत्तै कार्यालयले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो ।प्रहरीले घटनास्थलमा मुचुल्का र पोस्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान  गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ । नियन्त्रणमा लिइएका रमेशलाई आज सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रारम्भ गरिने जिल्ला प्रहरी कार्यालयद्वारा जारी पे्रस नोटमा जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर