Aamsanchar

इटहरीका दुईवटा वालविकास केन्द्रका वालवालिकालाई न्यानो कपडा वितरण

Author Image
सोमवार, माघ २४, २०७८

इटहरी । इटहरी उपमहानगरपालिकाका दुईवटा वालविकास केन्द्रका ८४ जना वालवालिकालाई इटहरी उपमहानगरपालिकाद्धारा नयाँ नाना वितरण गरिएको छ ।

लोकतान्त्रिक वालविकास इटहरी १७ र श्रृजनशील वालविकास इटहरी १६का वालवालिकालाई हिजो र आज उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले नयाँ कपडा वितरण गर्नुभएको हो । सरस्वती पूजाको अवसर पारेर हिजो र आज कपडा वितरण गरिएको हो ।

पर्वका वेला वालवालिका नयाँ लुगा लगाउन चाहन्छन विपन्न परिवारका वालवालिकाको रहर उपमहानगरपालिकाले पूरा गरेको उपप्रमुख गौतमले वताउनुभयो । नयाँ नाना लगाउन पाउदा वालवालिका हर्षित देखिन्थे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)