Aamsanchar

पशुपति पेन्ट्स र जुट गोदाममा आगलागी

Author Image
सोमवार, मंसिर २७, २०७३

विराटनगरः

aago

विराटनगरमा रंग उत्पादन गर्दै आएको पशुपति पेन्ट्स र मोरङको लखन्तरीमा रहेको एउटा जुट गोदाममा आगलागी भएको छ ।

विराटनगर ९ मा रहेको पशुपति पेन्ट्सको कार्यालयमा सोमबार दिउँसो १२ बजे आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कर्कटपाता लगाइएको कार्यालयको छानो चुहिन थालेपछि वेल्डीङ गरेर टाल्ने क्रममा एक्कासि आगलागी भएको हो ।

आगलागीमा परेर एउटा कम्प्युटर, ल्यापटप, एसी मेसिन, सिसी क्यामेरा र कार्यालयमा भएका अन्य सामान जल्दा पाँच लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ । बारुण यन्त्र र प्रहरीको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको छ ।

त्यस्तै मोरङको लखन्तरी गाविस ६ मा रहेको एउटा जुट गोदाममा आइतबार राति आगलागी भएको छ । केदारप्रसाद साहको घरमा रहेको गोदाममा राति ११ बजे अचानक आगलागी भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आगलागीबाट गोदाममा भण्डारण गरिएको धान, सनपाट र जुट जल्दा पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो बारुण यन्त्रको सहयोगमा स्थानीय र प्रहरीले एक घण्टापछि नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर