Aamsanchar

जबर्जस्ती करणी मुद्दाका अभियुक्त पक्राउ

Author Image
मङ्गलवार, मंसिर २८, २०७३

मेलम्ची ।

जबर्जस्ती करणीको गरेको अभियोगमा मुद्दा दर्ता भई फरार रहेका अभियुक्तलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक फुल्पिङकट्टी– ६ बस्ने २० वर्षीय अभियुक्त सानुकान्छा तामाङ जबर्जस्ती करणी गरी फरार भएका थिए । विसं २०७२ असोज १० गते फरार रहेका तामाङको उक्त मुद्दाको सम्पूर्ण अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पेस गरिएको थियो ।

अदालतबाट प्रतिवादीका नाउँमा वारेन्टसहितको म्याद पुर्जी जारी भई आएकामा प्रतिवादी तामाङ घटनापछि फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो ।

अभियुक्त आफ्नो घरमा आएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जलवीरेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय अवैध हातहतियार तथा विभिन्न शीर्षकका फरार अभियुक्तलाई पक्राउका लागि सक्रिय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर