Aamsanchar

बच्चा चोरेर भाग्दै गर्दा २ महिला पक्राउ

Author Image
बिहिवार, माघ २७, २०७८

जनकपुरधाम –अर्काको बच्चालाई चोरेर भाग्दै गर्दा धनुषाबाट दुई महिला समातिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।बच्चा चोरी गर्दै गर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर