Aamsanchar

महालक्ष्मी नगरमा ८० बर्षमाथिका सबैलाई सिरक वितरण गरिदैं

Author Image
शनिवार, माघ २९, २०७८

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गर्न थालेको छ । जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने गरी शुक्रबारबाट नगरपालिकाले यो अभियान थालेको हो ।

महालक्ष्मी नगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । पहिलो दिन वडा नं.७ का १० जनालाई सिरक वितरण गरिएको छ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपाल, प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठ, सहायक महिला विकास निरीक्षक गिता लुइटेल लगायतले बृद्धबृद्धाहरुलाई सिरक वितरण गरे ।

महालक्ष्मी नगरक्षेत्रमा ८० बर्षमाथिका करिब ३५० ज्येष्ठ नागरिक रहेको नगरपालिकाको तथ्यांक छ ।

महालक्ष्मी नगरपालिकाले यसअघि पनि बृद्धबृद्धा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरले स्वास्थ्य शिविर सञ्चालन गरेर बृद्धबृद्धाहरुलाई निःशुल्क दाँत लगाइदिएको छ । उनीहरुलाई लौरो, हटव्याग वितरण गरिएको छ । त्यस्तै, बृद्धबृद्धाहरुको अनुभव संकलन गर्ने काम पनि गरिएको छ । बृद्धबृद्धाहरुलाई सम्मान र उचित स्याहार सुसारको खाँचो हुँने भएकाले उनीहरुको सम्मान स्वरुप र आवश्यकता अनुसार नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको नगर प्रमुख नेपाल बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 362

प्रतिक्रिया (०)